राजनीति


राष्ट्रपति बन्नुअघि नै बाइडेनले गरे ह्वाइट हाउसका लागि यस्तो तयारी

राष्ट्रपति बन्नुअघि नै बाइडेनले गरे ह्वाइट हाउसका लागि यस्तो तयारी

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार १४:५८,

अमेरिकामा राष्ट्रपतीय निर्वाचन जसले जित्छ, उसले जनवरी महिनामा राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस जाने तयारी थाल्नुअघि आफ्नो एक ट्रान्जिसन टिम गठन गर्छ।

तर हामीलाई थाहा छ, मंगलबार सम्पन्न अमेरिकाको राष्ट्रपतीय चुनावमा कोही विजेता भइसकेको छैन। मत परिणाम आउने क्रम जारी छ।

तर डेमोक्रेट उम्मेदवार जो बाइडेनले राष्ट्रपतिमा विजयी हुनुअघि नै बिल्ड ब्याक बेटर डटकम नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन्।

जसमा लेखिएको छ- ‘देश जुन किसिमको संकटबाट गुज्रिरहेको छ- महामारीदेखि आर्थिक मन्दीसम्म तथा जलवायु परिवर्तनदेखि नश्लीय अन्यायजस्तो गम्भीर सवालसम्म। ट्रान्जिसन टिमले तेज गतिका साथ यसरी तयारी गर्नेछ कि जसले गर्दा बाइडेन-ह्यारिस प्रशासनले पहिलो दिनबाटै काम सुरु गर्न सकोस्।’

आगामी ४ वर्ष अमेरिकाको राष्ट्रपति बन्न वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट र पूर्वउपराष्ट्रपति बाइडेन डेमोक्रेटिक पार्टीबाट प्रतिस्पर्धामा छन्।

चुनावकाे अन्तिम नतिजा आइसकेको छैन। अझै केही राज्यमा मतगणना जारी छ। ट्रम्पलाई पछाडि पार्दै  बाइडेन जितको नजिक पुगेका छन्। तर जित सुनिश्चित भइसकेको छैन।

राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत ल्याउनुपर्छ। 

अहिलेसम्मको नतिजाअनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गरिसकेका छन्। अब यस्तो ६ भोट ल्याए भने उनी विजयी हुनेछन्।

पछिल्लो चुनावी अवस्थाबारे उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेकाे दाबी गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad