कारोबार


टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन : निजी क्षेत्रभन्दा अगाडि बढ्नुहोस्

टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन : निजी क्षेत्रभन्दा अगाडि बढ्नुहोस्

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार १४:१९,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले सेवाग्राहीको चाहना र निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अग्रणी रहिरहन पनि नेपाल टेलिकमले सबैभन्दा गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रदान गर्नैपर्ने स्पष्ट पारे।

मन्त्री भएपछि पहिलो पटक बिहीबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयको अनुगमन गर्ने क्रममा उनले मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झांता अनुसार हरेक वडा तहसम्म इन्टरनेट सेवा विस्तारमा ढिलाई नगर्न पनि सचेत गराए।

‘मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौंता अनुसार नेपाल टेलिकमले वडा तहसम्मै इन्टर सेवा पु-याउन ढिलाई गर्नु हुन्न,’ मन्त्री गुरुङले भने,‘ग्राहकको चाहनालाई ध्यानमा राखेर सबैभन्दा सस्तो र गुणस्तरीय सेवा नदिए नेपाल टेलिकमले निजी क्षेत्रसँगको प्रतिपर्धामा आफूलाई अग्रणी कायम राखिरहन सक्दैन।’

मन्त्री गुरुङले सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने योजना कार्यान्वयनको काममा केन्द्रित हुन पनि टेलिकमका पदाधिकारीहरुलाई सचेत गराए। उनले ‘समृद्ध नेपाल, सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाउन नेपाल टेलिकममा आवद्ध कर्मचारी संघ, संगठनलाई पनि आग्रह गरे। उनले नेपाल टेलिकमको सेवालाई अब्बल बनाउन विभागीय प्रमुखहरुले नयाँ कार्य योजनाका साथ अघि बढनुपर्ने बताए। मन्त्री गुरुङले सरकारी संस्थाहरु भ्रष्टाचार लगायतका गलत कार्यका कारण धरासायी बन्दै गएको उल्लेख गर्दै त्यसो हुन नदिने दृढता व्यक्त गरे।

सो अवसरमा मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा खुसीयाली आउने गरी काम गर्न टेलिकमका कर्मचारीहरुलाई आग्रह गरेका थिए। भने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको विगत, वर्तमान र भावी योजनाबारे सञ्चारमन्त्री गुरुङलाई ‘ब्रिफिङ’ गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad