कारोबार


आईस्पानको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पराजुली

आईस्पानको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पराजुली

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १३:४४,

ईन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) को नयाँ कार्यसमिति चयन भएको छ। सुबिसुका प्रेसिडेन्ट सुधिर पराजुलीको अध्यक्षतामा बुधबार नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

दुई वर्षका लागि सर्वसम्मत नयाँ समिति चयन भएको हो। यस अघि पराजुली २०७२ देखि २०७४ सम्म कर्यसमितिमा सदस्य थिए भने त्यसपछी सो संघमा सम्लग्न थिएनन्। अहिले एकैपटक अध्यक्षमा चयन भएको नवयुक्त अध्यक्ष पराजुलीले नेपालखबरलाई बताए।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा प्रमेश खनाल रहेका छन् भने महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन्। त्यस्तै कमलप्रसाद बास्तोला सचिव र पुष्कारसिंह बडाल कोषाध्यक्ष पदमा चयन भएका छन्।

संस्थाको वरिष्ठ सल्लाहकारमा विजय जलान, विनय बोहरा, विनयमोहन साउद रहेका छन् भने सदस्यमा विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad