राजनीति


दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन सशस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन सशस्त्र ड्रोन

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १६:३,

दुई अमेरिकी मन्त्रीले सशस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ।

नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र अमेरिकाबीच बेसिक एक्स्चेन्ज एन्ड कोअपरेसन एग्रिमेन्ट (बेका) मा हस्ताक्षर भएको थियो।

बैठकका लागि भारत आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारतलाई विश्वकै सबैभन्दा आधुनिक मानिने सशस्त्र ड्रोन एमक्यू–९ रिपर बेच्ने प्रयास गरेका थिए।

तर, समाचार एजेन्सी स्पुतनिकले जनाएअनुसार अमेरिकी प्रस्तावलाई भारतले अस्वीकार गरिदिएको छ।

भारतीय पक्षले यो प्रस्तावमा हतारमा निर्णय नगर्ने जवाफ दिएको हो।

‘यो सम्झौता करिब ३ अर्ब डलरबराबरको छ। यो निर्णयको एउटा मुख्य कारण आर्थिक सिमितता नै हो। त्यसबाहेक सो ड्रोनबाट भारतीय सेनालाई के फाइदा हुन्छ, त्यसको मूल्यांकन पनि हामी गर्दैछौँ,’ स्पुतनिक उच्च स्रोतको भनाइ उधृत गरेको छ।

भारतलाई ड्रोन बेच्ने प्रस्ताव ट्रम्प प्रशासनले सन् २०१७ मै राखेको थियो। दिल्ली बैठकमा अमेरिकी मन्त्रीहरुको प्रमुख एजेन्डा नै सोही ड्रोन बेच्नु भएको बताइएको छ।

हालै नागोर्नो काराबाखको विषयलाई लिएर अजरबैजान र अर्मेनियाबीच भएको युद्धमा सशस्त्र ड्रोनको व्यापक प्रयोग गरिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad