नागोर्नो-काराबाख कब्जाका लागि अजरबैजान र अर्मिनियाबीच आइतबार फेरि भीषण लडाइँ परेको छ।
दुवै देशले एकअर्कालाई शान्ति स्थापनमा बाधा पुर्याएको आरोप लगाएका छन्।
अर्मिनियाले अजरबैजानका सेनालाई नागरिक बसोबास गर्ने क्षेत्रमा बमबारी गरेको आरोप लगाएको छ। तर अजरबैजानले सर्वसाधारणविरुद्ध आक्रमण नगरेको दाबी गरेको छ।
साथै आफू युद्ध विराम गर्ने पक्षमा रहेको तर यसका लागि अर्मिनियाका सेना युद्धस्थल छाडेर जानुपर्ने उसको माग रहेकाे बीबीसीले दिएकाे समाचारमा उल्लेख छ।
नागोर्नो-काराबाख क्षेत्रको स्वामित्वको दाबी गर्दै यी दुई देशबीच गत सेप्टेम्बर २७ देखि युद्ध जारी छ।
यसपटकको युद्धमा भएको क्षतिबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अहिलेसम्म केही उल्लेख गरेका छैनन्।

प्रतिक्रिया