तर निर्वाचन आउनुभन्दा १० दिन अगाडि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान गरेका छन्।
हिजो शनिबार बिहानै फ्लोरिडाबाट ट्रम्पले मतदान गरेको अल्जाजिराले उल्लेख गरेको छ।
कोरोना भाइरसको त्रासका कारण अमेरिकामा निर्वाचनको दिन अगाडि देखि नै प्रारम्भिक मतदानको आयोजना गरिएको छ।
मानिसहरुले हाल अमेरिकाभर राखिएका मतपेटिकामा गएर मतदान गरिरहेको बताइएको छ।
ट्रम्पले पनि मतपेटिकामै गएर मतदान गरेका हुन्।
ट्रम्पले मतदान गर्दा मास्क लगाएका थिए। तर उनले पत्रकारहरुसँग बोल्दा भने मास्क खोलेका थिए। उनले मतदान गरेसँगै आफ्ना समर्थकहरुलाई पनि टाढैबाट भेटेका थिए। उनीहरुले ‘थप चार वर्ष’ भन्दै नारा लगाएका थिए।
यसअघि ट्रम्पले मतपेटिकामा गएर मतदान गरिनु वैज्ञानिक कार्य नभएको बताएका थिए। यद्यपी शनिबार उनले मतपेटिकाको मतदान सुरक्षित र भरपर्दो हुने जनाएका थिए।
Shares

प्रतिक्रिया