कारोबार


दसैँको बेला महंगियो फलफूल

दसैँको बेला महंगियो फलफूल

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार १०:२२,

दसैँको बेला फलफूलजन्य वस्तुहरुको बजार महँगो भएको छ। अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँ सम्म पर्ने गरेको छ। अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन्।

चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत बढी हुन्छ। त्यसैले यो समयमा त्यस्ता बस्तुहरुको मूल्य बजारै पिच्छे फरक पर्ने गरेको देखिन्छ।

फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै विक्री हुने बस्तु हो। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मूल्यमा एकरुपता छैन। एउटै जातको एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँ देखि २ सय रुपैयाँ सम्म परेको पाइएको छ।

बजारमा भेटिएका उपभोक्ताहरु पनि मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन्। नयाँ बानेश्वर क्षेत्रमा भेटिएका उपभोक्ता ऋषिकेश पोखरलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलै पिच्छे मूल्यमा फरक परेको बताए। महंगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उनले बताए।

व्यापारीहरुले भने थोक (होलसेल) व्यापारीहरुका कारण खुद्रा बजारमा पसलै पिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन्।

आफूहरुले मूल्य बढाएको भन्दापनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिँदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीहरुको भनाई छ।

नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गर्दै आएका पुजन कुमार शाहले भाउमा एकरुपता नहुनुको कारण होलसेल विक्रेताहरु नै रहेको बताए।

होलसेल पसलमा नै एउटै जातको स्याउ प्रति पेटी १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँसम्म पर्ने भएकाले भाउमा फरक परेको बताए।

यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उनले बताए।

कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रति केजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोेकेको छ।

त्यस्तै केरा प्रति दर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ। भारतीय सुन्तला भने प्रति केजी १ सय ५ रुपैयाँ रहेको छ। त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad