ad ad

राजनीति


पुटिन भन्छन्ः रुस–चीन सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुनेछ

पुटिन भन्छन्ः रुस–चीन सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुनेछ

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ६:५४,

विश्वका दुई शक्तिशाली राष्ट्रबीचको गठबन्धनले आफूहरु मुख्य–मुख्य क्षेत्रमा अमेरिकी सेना र तिनका गठबन्धनभन्दा निकै शक्तिशाली हुने पुटिनको भनाइ छ।

अमेरिका र चीनबीच चर्को विवाद भइरहँदा बिहीबार पुटिनले चीनसँग सैन्य गठबन्धनको सम्भावना भएको बताएका हुन्।

पुटिनले रुस शक्तिशाली राष्ट्र भएकाले कुनै गठबन्धनको आवश्यकता नभएकोमा जोड दिँदै उनले भविष्यमा गठबन्धनको सम्भावना भने रहेको बताए।

रुस र चीनले दुई देशबीचको रणनीतिक साझेदारीलाई स्वागत गरेका छन्। यी दुईदेशबीच लगातार सहकार्यहरु हुँदै आएका छन्।

ग्लोबल पावर इन्डेक्सका अनुसार रुस र चीन सैन्य शक्तिको आधारमा अमेरिकापछिकै शक्तिशाली राष्ट्र हुन्।

चीनमा पुरा ३० लाख ८३ सय सेना छन् भने रुसमा १४ लाख सेना छन्। यस्तै अमेरिकामा पुरा सेना १८ लाख ४७ हजार छन्।

यी सबै राष्ट्र परमाणु सम्पन्न राष्ट्र हुन्। चीन र रुसले लगातार संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन्।

पछिल्लो सयम अमेरिका र चीनबीच विभिन्न विषयमा विवाद भइरहँदा पुटिनले चीनसँग सैन्य गठबन्धनको सम्भावना भएको जनाएका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .