ad ad

समाज


गण्डकीमा थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४ सय ५९ पुग्यो

गण्डकीमा थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४ सय ५९ पुग्यो

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ६:४५,

गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान र मध्यान्ह गरी चार पटकमा उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार थप १०८ जनामा कोरोना संक्रकमण पुष्टि भएको हो।

नयाँ थपिएका संक्रमितमा कास्कीका ५७, नवलपरासी पूर्वका २५, पर्वतका ११, तनहुँ ११, गोरखा ३ र बगलुङका १ जना रहेका छन्।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ४५९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .