राजनीति


जनता अभिभावकविहीन बनेकामा पीडाबोध भएको छः पूर्व राजा ज्ञानेन्द्र

जनता अभिभावकविहीन बनेकामा पीडाबोध भएको छः पूर्व राजा ज्ञानेन्द्र

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १४:५६,

पूर्वराजा ज्ञानेन्द शाहले संकटको बेला जनता अभिभावकविहीन हुन पुगेकोमा पीडाबोध भएको बताएका छन्।

बिहीबार विज्ञप्ति प्रकाशित गरी पूर्व राजाले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्।

उनले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताएका छन्।

‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक बिहिन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ’, विज्ञप्तिमा भनिएको छ।

दसैंको अवसरमा शुभकामना दिँदै उनले हर्षोल्लासका साथ विजयादशमी मनाउने अवस्था नरहे पनि शुभकामना भने दिन सकिने बताएका छन्।

प्राकृतिक विपत्ति मानववशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको उनको भनाइ छ।

purba-raja.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .