ad ad

कारोबार


चाडपर्वमा एनसेलले ल्यायो यस्ता अफर

चाडपर्वमा एनसेलले ल्यायो यस्ता अफर

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १४:१९,

यस चाडपर्वको अवसरमा एनसेलकाप्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्तर साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन्।

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’थिमअन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’अफरमा बुधबारबाट (कार्तिक ०५) आकर्षक सुविधाथपेको छ।

जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहितमात्र रु १.२८ मा कुरा गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कलगर्दा रु २.५४ प्रतिमिनेट शुल्क लाग्दछ।

यसका साथै एनसेलले यही योजना अन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क पनि घटाएको छ।

इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र रु ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन्। अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा विद्यमान रु २.५४ प्रतिमिनेट शुल्क लाग्दछ।

इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिनवा ३० दिनको समयावधि रहेको भ्वाइस प्याकआफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्छन्।

७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले मात्र रु ९५.७७ मा ७०० मिनेट अन नेट टक टाइम (७दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम) प्राप्त गर्दछन्।

त्यस्तै गाहकले मात्र रु१९१.५४ मा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र रु ३८१.७९ मा ३० दिनको प्याकलिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्छन्।

प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स७ ह्यास डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन्। ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन्। जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन्।

चाडवाडको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकमा थप सुविधा सहितअन्य नेटवर्कमा र एनसेल नेटवर्कभित्रै पनि अझै सुलभ दरमा भ्वाइस सेवा सुनिश्चित गर्न पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ। 

आकर्षक भ्वाइस प्याकमा अझै बढि सेवा सुविधाले ग्राहकलाई थप मूल्य प्रदान गर्दै चाडपर्वको समयमा शुभकामना आदानप्रदान गर्न तथा आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ।

आफ्नो थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले वायरफ्रीप्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युबप्लसका साथै इण्डलेस कुराकानीप्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिमप्लस योजनाहरु ल्याइसकेको छ। 

‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँभए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .