राजनीति


बाइडेनको पक्षमा ओबामाको पहिलो चुनावी मन्तव्यः ट्रम्पले दिनदिनै झुटो बोले

बाइडेनको पक्षमा ओबामाको पहिलो चुनावी मन्तव्यः ट्रम्पले दिनदिनै झुटो बोले

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ६:४८,

सो क्रममा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनदिनै झुटो बोलेको आरोप लगाए। बुधबार ओबामाले देशका नेताले झुटो बोल्न थाले लोकतन्त्रले काम नगर्ने बताएका थिए।

तर ओबामाले बाइडेन राष्ट्रपति बनेमा र कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएको खण्डमा ट्रम्प प्रशासनमा जस्तो झुटो र भयङ्कर कुरा सुन्नु नपर्ने फिलडेल्फियामा बताएका थिए।

ओबामाका अनुसार ट्रम्पले राष्ट्रपतीय भूमिकालाई रियालिटी सोजस्तो बनाए र आफूबाहेक कसैको मतलब गरेनन्।

ओबामाले भनेका छन्,‘यो रियालिटी सो होइन, यो वास्तविकता हो। र ट्रम्पले आफ्नो भूमिका राम्ररी निर्वाह नगर्दाको मूल्य बाँकी हामीले चुकाउनु पर्छ।’

उनले बाइडनले अमेरिकाको अन्तर्राष्ट्रिय स्थानलाई पुनः बलियो बनाउने र हरेक अमेरिकीको लागि काम गर्ने बताए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad