ad ad

राजनीति


अजरबैजान-अर्मिनिया युद्ध झन् तीव्र

अजरबैजान-अर्मिनिया युद्ध झन् तीव्र

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार २३:५३,

अजरबैजान र अर्मिनिया मुलुकका सेनाबीचको युद्ध तीव्र बनेको छ।

बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भीषण लडाइँ भइरहेको हो।

अर्मिनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपनयानका अनुसार दक्षिण क्षेत्रमा लडाइँ तीव्र भइरहेको छ र उत्तरी क्षेत्रमा अजरबैजानका सेनाले एयरक्राफ्टको प्रयोग गरेका छन्। तर यसकाे प्रमाण दिइएकाे छैन।

अजरबैजानले भने आफूले अहिलेसम्म मानव सञ्चालित एयक्राफ्ट प्रयोग नगरेको दाबी गरेको छ।

तर अजरबैजानको रक्षा मन्त्रालयले पनि उत्तरी र दक्षिणी क्षेत्रमा भइरहेको लडाइँबारे जानकारी दिएको छ।

उसले दाबी गरेको छ– ‘दक्षिणी क्षेत्रमा हाम्रा सेनाले उपलब्धि हासिल गरिरहेका छन्।’

याे पनि

अर्मिनियातर्फ मृत्यु हुने सैनिकको संख्या ७२९ पुग्यो, इरानले दियो यस्तो चेतावनी

अजरबैजानमा बस्ने नेपाली भन्छिन्ः यताको युद्धभन्दा नेपालको कोरोना संकटको बढी चिन्ता लाग्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .