ad ad

राजनीति


प्रचण्डसँग विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले नेता नेपालसँग राखे सहकार्यको प्रस्ताव, दुई नेताबीच अढाई घण्टा छलफल

प्रचण्डसँग विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले नेता नेपालसँग राखे सहकार्यको प्रस्ताव, दुई नेताबीच अढाई घण्टा छलफल

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ०:१३,

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच मंगलबार साँझ अढाई घण्टा लामो छलफल भएको छ।

स्थायी कमिटीका निर्णय कार्यान्वयन र कर्णाली प्रदेशका कारण सिर्जना भएको विवादले प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मनमुटाव बढ्दै जाँदा ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको हो।

छलफलका लागि ओलीले नेपाललाई बालुवाटार बोलाएका स्रोतले जनाएको छ। त्यसक्रममा ओलीले नेपालसँग नयाँ समीकरणको प्रस्ताव गरेका छन्। ओली-नेपालबीच भण्डै तीन महिनापछि यति लामो छलफल भएको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा ओली र नेपाल समूह एकै ठाउँ थिए । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका वेला ९ साउनमा भएको छलफलयता उनीहरूबीच एक्लाएक्लै छलफल भएको थिएन।

कर्णाली प्रदेशको विवाद समाधानबारे कार्यकारी अध्यक्ष प्रचण्डसँगको छलफललगत्तै ओली आफैँले टेलिफोन गरेर संवादका लागि नेपाललाई बालुवाटार बोलाएका हुन्।

स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्मका अविश्वास हट्ने गरी सँगै मिलेर अघि बढ्न नेपाललाई आग्रह गरेका छन्। ओलीले प्रचण्डसँग भन्दा आफूसँग मिलेर जान नेपाललाई आग्रह गरेका छन्।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरेका छन्। तर उनले छलफलको विषयवस्तुबारे भने आफूलाई जानकारी नभएको दाबी गरे।

छलफलमा नेता नेपालले भने पार्टी र सरकारलाई संस्थागत निर्णयको स्पिरिटका आधारमा सञ्चालन गर्नेबित्तिकै स्वतस्फुर्त विश्वासको वातावरण बन्ने जवाफ फर्काएका छन्। लामो छलफल भए पनि दुई नेताबीच कुनै ठोस सहमति भने नभएको स्रोतले जनाएको छ।

यो पनि  कर्णालीका मुख्यमन्त्रीले गरेका निर्णय बालुवाटारबाट बदर, अध्यक्षद्वयका यी चार निर्णय

यो पनि  केन्द्रमा झनै बल्झियाे कर्णाली विवाद, अब के छ शाही पक्षकाे तयारी?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .