ad ad

राजनीति


पत्रकारलाई पैसा बाँडेको आरोप लागेपछि डा. शशांक कोइरालाकाे सचिवालयले दियो यस्तो स्पष्टीकरण

पत्रकारलाई पैसा बाँडेको आरोप लागेपछि डा. शशांक कोइरालाकाे सचिवालयले दियो यस्तो स्पष्टीकरण

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार २३:२०,

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ‘खाममा हालेर पत्ररकालाई पैसा बाँडेको’ भनेर सञ्चारमाध्यममा खबर प्रकाशन भएपछि उनको सचिवालयले यसबारे स्पष्टीकरण दिएको छ।

डा. शशांक कोइरालाका निजी सचिव भरत तिवारीले एक जना आफन्तलाई दिनुपर्ने दसैं खर्च भूलवश त्यही नामका पत्रकारलाई दिन पुगिएको दाबी गरेका हुन्।

मंगलबार एक जना पत्रकारलाई बोलाएर तिवारीले खामसहितको १५ हजार रुपैयाँ दिएपछि डा. कोइरालाको नियतमा शंका गर्दै समाचार प्रकाशन भएका थिए।

‘कांग्रेसका महामन्‍त्रीले दसैं खर्च बाँडेको भनी प्रकाशित समाचारका सम्बन्धमा म निम्‍न कुरा स्पस्ट पार्न चाहान्छु । राजकुमार नाम गरेका एकजना आफन्तले केही दिन अघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए। त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ,’ कोइरालाका निजी सचिव तिवारीले फेसबुकमा लेखेका छन्, ‘कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र तपाईंलाई एउटा समान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यालय सहयोगी पठाइदिन्छु भन्‍नुभयो। हतारमा गरिएको यही सम्वादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ।’

Screenshot 222

 

कांग्रेसका महामन्‍त्रीले दसैं खर्च बाँडेक भनी प्रकाशित समाचारका सम्बन्धमा म निम्‍न कुरा स्पस्ट पार्न चाहान्छु...

Posted by Bharat Tiwari on Tuesday, October 20, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .