राजनीति


जिल्ला प्रशासन कार्यालय झापाद्वारा दसैं अवधिभर ‘लकडाउन’ घोषणा

जिल्ला प्रशासन कार्यालय झापाद्वारा दसैं अवधिभर ‘लकडाउन’ घोषणा

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ०:५७,

जिल्ला प्रशासन कार्यालय झापाले दसैं अवधिभरी ‘लकडाउन’ गर्ने घोषणा गरेको छ।

चाडपर्वको बेला कोरोना कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले दसैंको १२ दिन लकडाउन गर्ने निर्णय गरेको हो।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनअनुसार स्थानीय प्रशासनले आइतबारदेखि लागू हुनेगरी १४ कात्तिक (कोजागत पूर्णिमा) सम्म राति ८ देखि बिहान ५ बजेसम्म लकडाउन गर्ने घोषणा गरेको हो।

यस अवधिमा अत्यावश्क कामबाहेक रातको समयमा हिँड्डुल नगर्न र सवारी सञ्चालन नगर्न भनिएको छ। त्यस्तै होटल व्ययवसाय र पसलहरुसमेत सञ्चालन गर्न रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सार्वजनिक सूचना जारी गर्दै लकडाउन अवधिमा भेला जमघटमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको छ।

संक्रामक रोग ऐन २०२० को दफा २ को अधिकार र स्थानीय शासन ऐन २०२८ को दफा ६(३) बमोजिम यस्तो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ।

हेर्नुस् सूचना

jhapa suchana

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad