दसैंका बेला तीन दिन कोरोना परीक्षण बन्द गरिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक ९, १० र ११ गते पीसीआर परीक्षण नगर्ने जानकारी दिएकाे हाे।
आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले महानवमी, विजयादशमी र एकादशीका दिन कोरोनाकाे पीसीआर परीक्षण नगरिने जानकारी दिएका हुन्।
अहिले देशभरका प्रयोगशालामा दैनिक पीसीआर परीक्षण गर्ने र स्वास्थ्य मन्त्रालयले त्यसको तथ्यांक जानकारी गराउने गरेको छ।
उल्लिखित तीन दिनपछि भने फेरि नियमितबमोजिम नै परीक्षण जारी गरिने डा. गौतमले जानकराी दिए।
3
Shares

प्रतिक्रिया