मलेसियामा सडकमा अलपत्र भेटिएका एक नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अनुसार झापाको दमक ठेगाना भएका रोहन राईको मृत्यु भएको हो।
शुक्रबार दिउँसाे सडकमा अलपत्र फेला परेका राईमा प्यारलाइसीयको समस्याका साथै शरीरका विभिन्न भागमा घाउ समेत थिए।
उनलाई एनआरएनए मलेसियाले उद्धार गरी नेपाली दूतावासकाे सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो। तर उपचारकै क्रममा आइतबार उनकाे मृत्यु भएकाे दूतावासले जनाएकाे छ।
उनकाे कुनै कागजात नहुँदा ठूलो अस्पताल भर्ना गर्न समस्या भएको र त्यसका लागि प्रक्रिया मिलाउँदै गर्दा मृत्यु भएकाे नेपाली दूतावासले जनाएको छ।
तर घटनाका विषयमा केही व्यक्तिले भ्रामक प्रचार गरेकाे भन्दै एनआरएनए मलेसियाले आपत्ति जनाएको छ।

प्रतिक्रिया