ad ad

राजनीति


अमेरिकाले तिब्बतका लागि विशेष संयोजक तोकेपछि चीन भड्कियो

अमेरिकाले तिब्बतका लागि विशेष संयोजक तोकेपछि चीन भड्कियो

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ७:२३,

तिब्बतको अवस्थालाई अस्थिर बनाउने प्रयास गरेर अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको चीनको भनाइ छ।

बुधबार अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकी राज्य विभागका अधिकारी रोवर्टो ड्रेस्ट्रोलाई तिब्बतका लागि अमेरिकी विशेष संयोजक नियुक्त गरेका थिए। उक्त पद सन् २०१७ देखि खाली थियो।

अमेरिका र चीनबीच विभिन्न विषयमा विवाद चर्कँदै जाँदा अमेरिकाले तिब्बतका लागि संयोजक नियुक्त गरेको हो।

अमेरिकाले विशेषगरी सिनजियाङ र तिब्बती क्षेत्रका अल्पसंख्यक समुदायका मानिसमाथि त्यहाँको सरकारले दमन गरेको आरोप लगाएको छ।

चीनले भने तिब्बतका लागि अमेरिकी संयोजकसँग नियमित रूपमा सम्झौता गर्न अस्वीकार गरेको छ। चीनले यसलाई आन्तरिक मामिलामा उल्लंघनको रुपमा हेर्दै आएको छ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्,‘तिब्बतको मामिला चीनको आन्तरिक विषय हो। हामी विदेशी हस्तक्षेप स्वीकार गर्दैनौं।’

‘तिब्बती मुद्दामा तथाकथित अमेरिकी संयोजक तोकिनु तिब्बतको अवस्था अस्थिर पार्नु हो र यो चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने राजनीतिक प्रयास हो। जसको चीनले विरोध गर्दछ’ झाओले भनेका छन्,‘तिब्बतमा सबै जातीय समूहका मानिसहरु चीनका परिवार हुन्।’ अल्जाजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .