पूर्वी लद्दाखबाट सेना हटाउन र शान्ति स्थापना गर्न दुवै पक्षले आ–आफ्ना प्रस्ताव एकअर्कालाई हस्तान्तरण गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
उक्त प्रस्तावमा दुवै देश विवादित क्षेत्रबाट सेनाहरु हटाउन प्रतिवद्ध भएको विषय समेटेको बताइएको छ।
हाल भारत र चीन दुवै पक्षको सरकारले प्राप्त गरेको प्रस्तावहरु अध्ययन गरिरहेका छन्। प्रस्तावहरु आदान प्रदान गरिनुलाई विज्ञहरुले दुवै देशले विवाद साम्य बनाउने सकारात्मक प्रयास गरेको बताएका छन्।
उक्त प्रस्तावहरु चाइना स्टडी ग्रुपमा पनि छलफल भइरहेको छ। बिहीबार मात्र भारतका विदेशमन्त्री एस जयशंकले भनेका थिए,‘छलफल चलिरहेको छ, तर के भइरहेको छ भन्ने कुरा हामी र चिनियाँहरु बीचको गोप्य कुरा हो।’
यद्यपी जयशंकरले प्रस्ताव आदानप्रदान हुनुलाई घटनाक्रमको महत्वपूर्ण विकास हो भनेका छन्।
हालै सम्पन्न ७ औं चरणको कमाण्डरस्तरीय वार्तालाई भारतले सकारात्मक भनेको थियो। एजेन्सी
प्रतिक्रिया