ad ad

समाज


थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५ सय २२ निको भए

थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५ सय २२ निको भए

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १०:४१,

 नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १५ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

यो कूल संक्रमितको ६९.८ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .