ad ad

राजनीति


ब्राजिलमा प्रहरीले छापा मार्दा जब सांसदकाे कट्टुमा पैसा फेला पार्‍याे..‍.

ब्राजिलमा प्रहरीले छापा मार्दा जब सांसदकाे कट्टुमा पैसा फेला पार्‍याे..‍.

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ४:१९,

ब्राजिलमा कोभिड–१९ कोषको रकम हिनामिना आशंकामा प्रहरीले घरमा छापा मार्दा कट्टुमा पैसा लुकाएको भेटेपछि एक सांसदले राजीनामा दिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार रोनाइमा प्रान्तका सांसद चिचो रोड्रिगेजको घरमा प्रहरीले छापा मारेको हो।

त्यस क्रममा उनीबाट १७ हजार ८ सय अमेरिकी डलर बरामद भएको र त्यसमध्ये कट्टुभित्र ५ हजार ३ सय अमेरिकी डलर लुकाएको पाइएको हो।

यसपछि सांसद रोड्रिगेजले सत्तारुढ दलको उपनेता पदबाट राजीनामा दिएको ब्राजिल सरकारले जनाएको छ। उनी राष्ट्रपति जैर बाल्सोनारोको सहयोगी सांसद थिए।

ब्राजिलको लेखा परीक्षण कार्यालयले कोभिड-१९ कोषको ३५ लाख अमेरिकी डलर हिनामिना भएको प्रतिवेदन दिएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो।

तर उनले आफ्नो घरमा आक्रमण भएको र कोरोना महामारी नियन्त्रणका लागि राज्यले दिएको रकम प्रहरीले लगेको दाबी गरेका छन्। आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै उनले न्याय पाउने अपेक्षा पनि गरेका छन्।

ब्राजिलका राष्ट्रपति जैर बाल्सोनारोले भ्रष्टाचार र अपराध नियन्त्रणलाई नै एजेन्डा बनाएर चुनाव जितेका थिए।

सहयोगी सांसद रकम हिनामिनामा संलग्न भएकोबारे सोधिएको प्रश्नमा उनले यो घटना आफूसँग सम्बन्ध नभएको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .