लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुमा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ।
उनमा संक्रमणका लक्षण भने केही पनि नदेखिएको उपसभामुखको सचिवालयले जनाएको छ।
यही आइतबार असोज २५ गते उनले कोरोना परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वाब दिएकी थिइन्।
आज परीक्षणको रिपोर्ट आउँदा उनमा संक्रमण पुष्टि भएको हो।
उपसभामुख थारुले सामाजिक संजालमार्फत् आफूलाई कोरोना पुष्टि भएको भन्दै आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुरोध गरेकी छन्।
उनी अहिले सेल्फ आइसोलेसनमा छन्।
यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, आन्तारिक मामिला तथा कानुनमन्त्री कूलप्रसाद केसी, सांसद दधिराम आचार्य र डिल्ली चौधरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।
गतसाता प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङ देउखुरी उपत्यकामा सार्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेपछि बुटवलस्थित प्रदेश सभा र सडक दुवैतर्फ विरोध प्रदर्शन भएको थियो।
सडकमा तोडफोड तथा भिडन्त भएका थिए भने सभामा प्रस्ताव पेस भएपछि संसदभित्रै समेत ठेलमठेल र कुर्सी तोडफोड समेत भएको थियो। जसले गर्दा धेरैमा कोरोना संक्रमण फैलिएको थियो।
केहि सांसद्काे विराेधबीच प्रदेशकाे राजधानी देउखुरी सार्ने र प्रदेशकाे नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाकाे दुई तिहाइले पारित गरेकाे थियाे।

प्रतिक्रिया