महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनमाथि कारवाहीलाई तिब्रता दिएको छ।
महाशाखाले नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाईका साथ कारवाही गर्न थालेको हो ।
मंगलबार मात्रै यस्ता १६३ वटा सवारी साधनलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए।
ट्राफिक नियम उल्लंघन गरि हिँड्ने, दुर्घटना गरि फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न नै यस अभियानको थालनी गरिएको महाशाखाका प्रमुख ढकालले बताए।
यस अभियानलाई गत आइतबारदेखी कडाइका साथ कार्यान्वयन गरि हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरि नम्बर प्लेट समेत स्पष्ट लेख्न लगाएको उनले बताए।
यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताए।
Shares

प्रतिक्रिया