राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणको आह्वान गरेका छन्।
मंगलबार अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेल पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन मोर्चा निर्माणको आह्वान गरेका हुन्।
‘ब्रम्हलुट, सर्वसत्तावाद, धर्मपरिवर्तन, बिदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउँदै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्तरप्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन’, थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘वृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणका लागि आह्वान गर्दछु।’
ब्रम्हलुट,सर्वसत्तावाद, धर्मपरिवर्तन,बिदेशी चलखेललाई पराजितगर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउंदै सुशासन/समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त/प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन।वृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणकोलागि आह्वान गर्दछु
— Kamal Thapa (@KTnepal) October 13, 2020Shares

प्रतिक्रिया