कला


युवा संगीतकार रिमालको संगीतमा 'फ्यान्टा कोकैमा' सार्वजनिक (भिडियो)

युवा संगीतकार रिमालको संगीतमा 'फ्यान्टा कोकैमा' सार्वजनिक (भिडियो)

नेपालखबर
असोज २७, २०७७ मंगलबार १०:२९,

युवा गायक तथा सङ्गीतकार रामकुमार रिमालको सङ्गीतमा आफ्नो विषयभन्दा फरक खालको गीत सार्वजनिक भएको छ।

अहिलेको युवापुस्तालाई मध्यनजर गर्दै फ्यान्टा कोकैमा बोलको लोकदोहोरी गीत रिमालले सार्वजनिक गरेका हुन्।

धादिङ जिल्लाकै चर्चित स्थल गल्छीलाई साङ्गीतिक माध्यमद्वारा चिनाउन लागिपरेको सङ्गीतकार रिमालको भनाइ छ।

उक्त फ्यान्टा कोकैमा बोलको दोहोरी गीतको शब्दलेखन उदेश खतिवडाको हो। परदेशमा सुखदुःख गर्दै नेपाली सङ्गीतजगतलार्इ माया गर्ने उनको शब्द तथा लगानीमा रहेको यो गीत प्रथम हो।

यस गीतलाई सङ्गीत रामकुमार रिमालले दिएका छन् भने आरबी लामाले सङ्गीत संयोजन गरेका छन्। हलेसी डिजिटल रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको यो गीतमा अहिलेका चर्चित गायक राजु परियार तथा गायिका पूर्णकला बीसीको आवाज रहेको छ। यो गीत साच्चै नै राम्रो बनेको र दर्शक श्रोताहरुको मन जित्ने सङ्गीतकार रिमाल बताउछन्।

साथै अडियो मिक्स तथा मास्टरिङ्ग महेश्वर मान राजभण्डारीले गरेका हुन्। प्रकाश भट्टको निर्देशनमा बनेको यस गीतमा हृत्तिक घिमिरे तथा आरति भण्डारी प्रमुख भुमिकामा देखिएका छन्।

गल्छी तथा महेशदोभानको धार्मिक तथा पर्यटकीय क्षेत्र यो भिडियोमा देख्न पाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad