राजनीति


साझा पार्टीको प्रवक्तामा पाठक नियुक्त

साझा पार्टीको प्रवक्तामा पाठक नियुक्त

नेपालखबर
असोज २४, २०७७ शनिबार ६:४५,

साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त भएका छन्।

तत्कालीन प्रवक्ता डा. सूर्यराज आचार्यले राजीनामा दिएपछि विगत छ महिनादेखि पाठकले सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए। साझाले केन्द्रीय सदस्य पाठकलाई शनिबार प्रवक्तामा नियुक्त गरेको हो।

उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेदवार थिए।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्णको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad