राजनीति


संसदीय समिति प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु

संसदीय समिति प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु

नेपालखबर
असोज २१, २०७७ बुधबार ८:२५,

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु भएको छ।

संसदीय समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ।

बुधबार बसेको समिति बैठकले भोलिबाट लागू हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्य् सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत डा. निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको हो।

संसदीय समितिको कार्यविधि २०७५ को दफ १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए।

खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।

यस्तै पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो।

त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि ग्रैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad