राजनीति


चिलीमा १६ वर्षे किशोरलाई प्रहरीले पुलबाट नदीमा खसाल्यो

चिलीमा १६ वर्षे किशोरलाई प्रहरीले पुलबाट नदीमा खसाल्यो

नेपालखबर
असोज १८, २०७७ आइतबार १६:८,

चिलीमा प्रहरीले एक १६ वर्षीय किशोरलाई पुलबाट नदीमा खसाएको छ।

गत वर्षको अक्टोबरदेखि नै असमानता र संरचनागत विभेदको विरुद्धमा चिलीमा प्रदर्शन हुँदै आएको छ।

एक महिनाअघि मात्र नागरिकले जनमतसंग्रहमार्फत तानाशाह अगस्टो पिनोसेले बनाएको संविधान बदल्ने मत दिएका थिए।

प्रदर्शन जारी रहँदा प्रहरीको बर्बरता बढ्दै गएको बताइएको छ।

शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीहरुले ती किशोरलाई पुलको रेलिङबाट उचालेर छिपछिपे पानी भएको नदीमा खसाएका थिए। किशोर घोप्टो परेर भुइँमा बजारिएका थिए।

उनलाई अस्पताल पु¥याइएको र हाल उनको अवस्था स्थिर रहेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad