राजनीति


कांग्रेस केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल

कांग्रेस केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल

नेपालखबर
साउन ९, २०७६ बिहिबार १२:३,

नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनबारे औपचारिक छलफल सुरु गरेको छ।

बिहीबारबाट पार्टी मुख्यालय सानेपामा पुनः सुरु भएको केन्द्रीय समितिको बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने व्यवस्थासहितको विधान मस्यौदामाथि छलफल सुरु भएको हो।

 १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सन्दर्भमा केन्द्रीय कार्य समितिको बैठकमा औपचारिक छलफल सुरु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकमा सो प्रस्ताव पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेश गरेका थिए। उपसभापति विजयकुमार गच्छदार र नेता महेश आचार्यलगायतले सो प्रस्तावमाथिको छलफलमा भाग लिएका छन्।

कांग्रेसको गत जेठ २२ गतेबाट सुरु भएको बैठकले यस अघि नै पार्टीको नियमावली पारित गरिसकेको छ। बिहीबारको बैठकमा पार्टीको आसन्न महाधिवेशनको कार्ययोजना तय गरी प्रक्रिया अघि बढाउने विषयले प्रवेश पाएको हो।

१४ वटा एजेन्डा तय गरी जारी केन्द्रीय समिति बैठकमा पार्टीको विभाग, निकाय, भातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad