वयस्क उमेरका व्यक्तिले दैनिक ५० ग्रामभन्दा बढी खुर्सानी खाए उनीहरुको स्मरण शक्तिमा ह्रास आउने खतरा भएको एक अनुसन्धानले देखाएको छ।
कतार युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धानमा यो तथ्य देखिएको हो। वैज्ञानिकले ४५ सय व्यक्तिमा अनुसन्धान गरेका थिए।
जसमा ५० ग्रामभन्दा बढी खुर्सानी खाने वयस्कमा स्मरण शक्ति कमजोर देखिएको हो।
अनुसन्धानका अनुसार १५ वर्षसम्म यदी वयस्क व्यक्तिले दैनिक रुपमा ५० ग्रामभन्दा बढी खुर्सानी खाए उसको अहिलेको स्मरण शक्तिमा ५६ प्रतिशतले ह्रास आउनेछ।
अर्थात् खुर्सानी खाने व्यक्तिहरु भुलक्कड बन्नेछन्। कतार युनिभर्सिटीका वैज्ञानिकसँग अध्ययनका लागि द युनिभर्सिटी अफ साउथर्न अस्ट्रेलियका वैज्ञानिक पनि समावेश थिए।
अध्ययनकर्ता डाक्टर जुमिन सिले भने,‘पहिलेको अध्ययनमा खुर्सानीको उपयोग तौल व्यवस्थापन र रक्तचापका लागि फाइदाजनक देखिएको थियो।’ ‘यद्यपी नयाँ अध्ययनमा यसका बेफाइदाका बारेमा पत्ता लागेको छ।’ उनले भने। डेलीमेल
Shares

प्रतिक्रिया