राजनीति


सरकारलाई डा. केसीको जीवनरक्षाको होइन, कसलाई सांसद र मन्त्री बनाउने भन्ने चिन्ता छ : थापा

सरकारलाई डा. केसीको जीवनरक्षाको होइन, कसलाई सांसद र मन्त्री बनाउने भन्ने चिन्ता छ : थापा

नेपालखबर
असोज १७, २०७७ शनिबार ५:४७,

नेपाली कांगेसका नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नुपर्ने बेला आएको बताएका छन्।

२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि सरकारले वास्ता नगरेको  भन्दै उनले नागरिक तहबाट उनको जीनव रक्षाको पहल गर्नुपर्ने बताएका हुन्।

उनले सरकारलाई जनताको स्वास्थ्य र डा. केसीको जीवनरक्षाको भन्दा बढी कसलाई सांसद र मन्त्री बनाउने भन्ने चिन्ता रहेको उनले आरोप लगाए।

‘२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ। सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा. केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने। त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं – डा. केसीको जीवन रक्षा गर! सहमतिको पालना गर!’

उनले यसअघि डा. केसीसँग भएका सहमति पालना गर्नुपर्ने समेत बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad