ad ad

राजनीति


लोकसेवालाई नयाँ पदपूर्तिको बाटो खुल्यो

लोकसेवालाई नयाँ पदपूर्तिको बाटो खुल्यो

नेपालखबर
असोज १५, २०७७ बिहिबार १२:२१,

सरकारले लोकसेवा आयोगलाई नयाँ पदपूर्तिको प्रक्रियामा लगाएको रोक हटाएको छ।

सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज आयोजित पत्रकार सम्मेलनमा पदपूर्तिका लागि विज्ञापन गर्न र विज्ञापन भएपछि पनि परीक्षा दिन लगाएको प्रतिबन्ध हटाएको बताए।

‘रिक्त पदपूर्तिका लागि विज्ञापन भएको तर परीक्षा हुन बाँकी रहेको र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका, नियमित पदपूर्तिको सबै व्यवस्था रहेको रोक हटाइएको छ’ प्रवक्ता ज्ञवालीले भने।

सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा आजको मन्त्रिपरिषदले सो निर्णय गरेको हो। कोभिड १९ को महामारीको कारण सरकारले वैशाखमा नयाँ पदपूर्तिका लागि रोक लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .