ad ad

राजनीति


बाबुराम, विप्लव र किरणलाई प्रचण्डको आग्रह : हामी समाजवादी आन्दोलनको तयारीमा छौँ, आउनुहोस् सँगै छलफल गरौँ

बाबुराम, विप्लव र किरणलाई प्रचण्डको आग्रह : हामी समाजवादी आन्दोलनको तयारीमा छौँ, आउनुहोस् सँगै छलफल गरौँ

नेपालखबर
असोज १५, २०७७ बिहिबार १०:३२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी केन्द्रबाट पुटेर अलग भएका डा‍ बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई छलफलमा आउन आग्रह गरेका छन्।

बिहीबार विप्लव र अन्य पार्टीका नेताहरुलाई धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेस गराउँदै अध्यक्ष प्रचण्डले मूलधारमा फर्कने विषयमा सोच्न आग्रह गरेका हुन्।

‘किरणजी, बाबुरामजी र विप्लवजी पनि मूलधारतिरै फर्केने विषयमा सोच्नु देश र जनताको हितमा हुन्छ,  विवादहरु जे छन्  हामी सबै सँगै बसौँ, छलफल गरौँ र एउटा विधि प्रक्रियामा गएर निर्णय गरौँ’, प्रचण्डले भने, ‘किनकि हामी कुनै पुँजीवादी दुनियाँ निर्माण गर्दै छैनौँ, हामी कुनै साम्राज्यवादी, एकाधिकारवादी होइनौँ, हामी समाजवादी आन्दोलनको तयारीमा छौँ।’

अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीमा बहस र छलफल निरन्तर भइरहने बताए।

उनले कम्युनिस्टहरू विभाजित भएकैले समस्या भएको भन्दै एक हुँदासाथ जनताले दुईतिहाइ दिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .