ad ad

राजनीति


आर्मेनिया–अजरबैजान द्वन्द्वः रुसद्वारा शान्तिवार्ताको प्रस्ताव

आर्मेनिया–अजरबैजान द्वन्द्वः रुसद्वारा शान्तिवार्ताको प्रस्ताव

नेपालखबर
असोज १५, २०७७ बिहिबार ८:१४,

आर्मेनिया र अजरबैजानबीच सीमाको विषयलाई लिएर द्वन्द्व जारीरहँदा रुसी विदेशमन्त्री सर्गी लाभरोभले शान्तिवार्ताको आयोजना गर्ने प्रस्ताव गरेका हुन्।

आइतबार मात्र विवादित नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको विषयमा दुई देशका सेनाबीच गोली हानाहान भएको थियो। सो क्रममा सयभन्दा बढीको मृत्यु भएको छ।

रुसी विदेशमन्त्री लाभरोभले आर्मेनिया र अजरबैजानका विदेशमन्त्रीलाई फोन गरेरै वार्ताको मध्यस्थता गर्ने प्रस्ताव गरेको बताइएको छ।

रुस र अर्मेनियाबीच सैन्य गठबन्धन छ। यद्यपी अजरबैजानसँग पनि रुसको राम्रो सम्बन्ध छ। यी दुवै देश तत्कालिन सोभियत गणतन्त्रका क्षेत्र थिए। रुसले सुरुवातबाटै छलफलबाट समस्या हल गरिनुपर्नेमा जोड दिएको थियो।

चार दशकयता दुई देशबीच सीमाको विषयलाई लिएर तनाव जारी छ। गत जुलाईमा पनि सिमानामा दुई देशका सेनाबीच भिडन्त हुँदा १६ जनाको मृत्यु भएको थियो।

Armenian Defence Ministry photo shows Armenian soldier during clashes with Azeria forces. 30 Sept 2020

नागोर्नो–काराबाख विवाद के हो?

नागोर्नो–काराबाख ४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो। यहाँ आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन्।

सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो। अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ। तर यहाँ अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन्।

दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन्। सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो। सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।

सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .