प्रदेश २ को सरकारले प्रदेशमा प्राबिधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ।
सोमबार भएको प्रदेशको मन्त्रीपरिषद बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तह सम्मको भर्ना लिन स्वीकृति दिएको छ।
प्रदेश निजामति सेवा ऐन पारित नभए सम्मको लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्ने स्वीकृति दिएको हो।
त्यसैगरि सो बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएकोछ।
कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको जनाएको छ।
Shares
प्रतिक्रिया