राजनीति


नेकपा सचिवालयले भन्यो : सरकारको काम प्रभावकारी बनाउन छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन

नेकपा सचिवालयले भन्यो : सरकारको काम प्रभावकारी बनाउन छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन

नेपालखबर
असोज ६, २०७७ मंगलबार ९:३८,

सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जतिसक्दो छिटो मन्त्रिमण्डल पुनर्गठन गरी सरकारलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने स्थायी समितिको सर्वसम्मत निर्णय अनुसार नै सचिवालयले पनि निर्णय गरेको बताए।

‘मन्त्रिमण्डल पुनर्गठनबारे मुख्यतः प्रधानमन्त्रीले सोँच्नुपर्छ। यसबारे स्थायी समितिको सर्वसम्मत् निर्णय र अहिले सचिवालयको निर्णय पनि के हो भने सरकारको काम अझ व्यवस्थित र प्रभावकारी बनाउन छिटो भन्दा छिटो सरकार पुनर्गठन गर्नुपर्छ भन्ने हो।’

साे बैठकमा संवैधानिक आयोग पदाधिकारी नियुक्तिबारे पनि छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका बारेमा छलफल भएको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले संवैधानिक परिषद्को बैठक राखेर आयोग पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिनुका साथै साे प्रक्रियामा सहभागी हुन सम्बन्धित पक्षलाई अनुराेध समेत गरेको बताए। 

‘संवैधानिक आयोगका पदपूर्तिका सन्दर्भमा छिटो संवैधानिक परिषद्को बैठक राखेर आवश्यक निर्णय लिन पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ’, उनले भने, ‘परिषदको बैठकलाई सुचारु गर्न वा पुदपूर्तिसम्बन्धी निर्णय लिने प्रक्रियामा अगाडि बढ्न सम्बन्धित सबैलाई पनि अनुरोध गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad