नेपाली कांग्रेसले पार्टीका गुल्मी जिल्ला सभापतिमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको छ।
जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जाँदा सभापति भुवन श्रेष्ठमाथि प्रहरीले धक्कामुक्का गरेर दुर्व्यवहार गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
जिल्लाको स्थानीय एक मुद्दामा केन्द्रित रहेर कांग्रेसले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउन खोज्दा प्रशासन कार्यालयमा प्रवेश गर्न रोकिएको र बल प्रयोग गरिएको कांग्रेसको आरोप छ।
प्रवक्ता शर्माका अनुसार घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसी लगायतका नेता कार्यकर्ता घाइते भएका छन्।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको भन्दै कांग्रेसले घटनाारे छानबिन गरेर दोषीलाई कार्वाही गर्न माग गरेको छ।
Shares
प्रतिक्रिया