राजनीति


भारतीय क्षेत्रमा प्रभुत्व जमाउन खोज्ने चिनियाँ सेनालाई लखेट्यो भारतीय सेनाले

भारतीय क्षेत्रमा प्रभुत्व जमाउन खोज्ने चिनियाँ सेनालाई लखेट्यो भारतीय सेनाले

नेपालखबर
असोज ४, २०७७ आइतबार ११:२१,

लद्दाखको सीमा नजिकैको क्षेत्र भारतीय एलएसीमा अवस्थित फिंगर ४ रिजलाइनका विभिन्न स्थानमा चिनियाँ सेनाले आफ्नो उपस्थिती बढाउन खोजेका थिए।

तर भारतीय सेनाले उनीहरुलाई त्यस स्थानबाट लखेटेको बताइएको छ। साथै भारतले यस उच्च क्षेत्रका ६ वटा नयाँ स्थान नियन्त्रणमा लिन सफल भएको पनि बताइएको छ।

यी क्षेत्रहरु भारतकै एलएसीमा पर्ने बताइएको छ। २० दिनमा भारतीय सेनाले यी क्षेत्रहरु नियन्त्रणमा लिन सफल भएका हुन्।

एक उच्च सरकारी स्रोतका अनुसार हाल भारतीय सेनाले मगर हिल, गुरुङ हिल, रेजाङ ला, रचना ला, मोखपरीजस्ता उच्च क्षेत्र नियन्त्रणमा लिएका छन्। यी क्षेत्रहरु पाङगोङ सो ताल नजिकका क्षेत्र हुन्।

भारत र चीनबीच पाङगोङ सो तालको स्वामित्वलाई लिएर पनि विवाद छ। भारतीय अधिकारीहरुका अनुसार गत अगष्ट २९ देखि भारतीय र चिनियाँ सेनाबीच उक्त क्षेत्रमा धक्कामुक्की सुरु भएको थियो।

चिनियाँ सेना पाङगोङ सो तालदेखि दक्षिणको थाकुङ क्षेत्रमा घुस्न खोजेपछि विवाद सुरुवात भएको बताइएको छ।

सोही क्रममा दुवै तर्फबाट ३ पटक लामो समयसम्म हवाई फाइरिङ भएको थियो। पाङगोङको दक्षिण र उत्तरी क्षेत्रमा गोलीका आवाजहरु सुनिएका थिए।

यस घटनापछि चिनियाँ सेनाले यस क्षेत्रमा ३ हजार सेना थप गरेर तैनाथ गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad