नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ७६७ सहित देशभरमा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
आइतबार सबैभन्दा बढी काठमाडाैँमा ६०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै बढी संक्रमित हुने अरु जिल्लामा रुपन्देही ११३, भक्तपुर १०१, ललितपुर ६४, कास्की ३० रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हाजर १२२ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ।
हेराैँ कहाँ कति थपिए?



प्रतिक्रिया