राजनीति


संविधान दिवसको शुभकामना दिँदै प्रचण्डले भने : जनताको विवेकप्रति नतमस्तक छु (भिडियो)

संविधान दिवसको शुभकामना दिँदै प्रचण्डले भने : जनताको विवेकप्रति नतमस्तक छु (भिडियो)

नेपालखबर
असोज ३, २०७७ शनिबार ३:७,

आज असोज ३ गते अर्थात् संविधानसभाबाट बनेको संघीयतासहितको नयाँ संविधान जारी भएको ऐतिहासिक दिन।

यो संविधान जारी भएको २०७२ असोज ३ का दिन स्मरण गर्दै आज पाँचौं संविधान दिवस मनाइँदै छ।

यस अवसरमा सरकारलगायत देशका विशिष्ट व्यक्तिले शुभकामना दिइरहेका छन्।

यसै क्रममा संविधान दिवसको शुभकामना दिँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको शुभकामना दिँदै नेकपालाई विश्वास गरी बहुमत प्रदान गरेकामा नेपाली नागरिकप्रति आभार प्रकट गरेका छन्।

शनिबार बिहान भिडियोमार्फत शुमकामना दिँदै अध्यक्ष प्रचण्डले तत्कालीन कम्युनिस्टका दुई ठूला घटक (एमाले–माओवादी) को एकतालाई नेपाली जनताले सहर्ष स्वीकार गर्दै निर्वाचनमा दुईतिहाइ बहुमत दिएकोप्रति आफू ‘नतमस्तक’ रहेको उल्लेख गरेका हुन्।

बाँकी सन्देश यस भिडियोमा–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad