राजनीति


आज संविधान दिवसमा टुँडिखेलमा विशेष समारोह, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने

आज संविधान दिवसमा टुँडिखेलमा विशेष समारोह, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने

नेपालखबर
असोज ३, २०७७ शनिबार ३:४४,

आज असोज ३ गते, गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै संविधान दिवस मनाइँदै छ।

यस अवसरमा अहिले बिहान १० बजेतिर टुँडिखेलस्थित सैनिक मञ्चमा सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीका अलावा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ। 

काेराेना महामारीका कारण सीमित सहभागितामा मात्रै दिवस मनाउन लागिएकाे हाे। 

संविधान दिवस पाँचौं कि छैटौं?
सरकारले आज छैटौं सविधान दिवस भनेको छ भने सरकारकै नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टीले पाँचौं भनेको छ।

हेरौं, नेकपाका अध्यक्ष प्रचण्डकाे भिडियाे सन्देश- संविधान दिवसको शुभकामना दिँदै प्रचण्डले भने : जनताको विवेकप्रति नतमस्तक छु (भिडियो)

अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छैटौं संविधान दिवस भनेर जानकारी दिएका छन्।

हेरौं, थापाको यो फेसबुक स्टाटस-

संविधानसभाबाट बनेको नयाँ संविधान २०७२ असोज ३ गते जारी भएको हो। अब पाठक आफैं छुट्याउनुहोला– संविधान दिवस पाँचौं हो कि छैटौं?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad