छापा खबर


आत्महत्या गरेकी किशोरी बलात्कार आरोपित दुई पक्राउ

आत्महत्या गरेकी किशोरी बलात्कार आरोपित दुई पक्राउ

नेपालखबर
असोज ३, २०७७ शनिबार २:४३,

बलात्कारपछि मृत्यु रोज्न बाध्य पारिएको घटनामा बलात्कारका मुख्य दुई आरोपित सप्तरीको सीमा क्षेत्रबाट पक्राउ परेका छन्।
    
सप्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्रको बलान बिहुल गाउँपालिका-४ बेल्हीबाट आरोपित सप्तरीको डाक्नेश्वरी नगरपालिका-७ ललीतपुरका १९ वर्षीय रञ्जित भनिने सरोजकुमार मण्डल र १८ वर्षीय बब्लु भनिने सुमनकुमार मण्डल पक्राउ परेको जनाएको छ।
    
इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका इन्स्पेक्टर धर्मराज मुडभरीका अनुसार बलात्कार घटनाका मुख्य दुई आरोपित पक्राउ परेको र दुई आरोपितको खोजी भइरहेको छ। बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन्।

बलात्कारीविरुद्ध उजुरी गर्न गाउँलेहरूले रोक लगाएपछि सप्तरीको डाकनेश्वरी नगरपालिका- ७ ललितपुरकी १७ वर्षीया नन्की भनिने संगीता मण्डलले मङ्गलबार आत्महत्या गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
    
सामूहिक बलात्कारका चार आरोपितविरुद्ध उजुरी गर्न प्रहरी कार्यालय जान खोज्दा पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने तीन जना पञ्चलाई प्रहरीले मङ्गलबार नै पक्राउ गरेको छ। शत्रुघ्न मण्डलको घरमा बसेको छलफलमा सहभागी जयकान्त मण्डल, बासुदेब मण्डल र सत्यनारायण मण्डलसहित आठ जनाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ। गाउँलेहरुको अनुसार छलफलमा १० जना सहभागी थिए। छलफलमा सहभागी भएको भन्दै प्रहरीले मङ्गलबार सोही ठाउँ घर भएका डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ कार्यालयका वडा सचिव रामसेवक मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गरेर छाडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad