राजनीति


प्रदेश ५ सरकारद्वारा ६ जिल्ला अस्पताललाई ५० शय्यामा स्त्तरोन्नती गर्ने निर्णय

प्रदेश ५ सरकारद्वारा ६ जिल्ला अस्पताललाई ५० शय्यामा स्त्तरोन्नती गर्ने निर्णय

प्रकाश न्यौपाने
असोज २, २०७७ शुक्रबार १०:४६,

प्रदेश ५ सरकारले ६ जिल्लाका जिल्ला अस्पताललाई ५० शय्यामा स्त्तरोन्नती गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले जिल्लास्तरीय ६ वटा अस्पतालहरुलाई ५० शय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको हो। जसअनुसार रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई स्त्तरोन्नती गरिने छ।

मन्त्रिपरिषद् बैठकले स्त्तरोन्नती गरिने अस्पतालमध्ये भीम र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा र पाल्पा जिल्ला अस्पतालका लागि ६० जना चिकित्सकसहित स्वास्थ्यकर्मीको दरबन्दी राख्न स्वीकृत प्रदानसमेत गरेको छ।

यस्तै, शब बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ। बैठकले प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका, रामग्राम नगरपालिका बजेट उपलब्ध गराउने भएको हो।

बैठकले नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघाराैं तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि गरेको छ। यसैगरी रेसुङगा नगरपालिका, गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गरेको छ।

मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गर्ने निर्णय पनि गरेको छ। पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णय स्वीकृत गरेको छ।

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ भने प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad