अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बिडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको, त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे।
उनले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उनले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे। अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी ट्रम्प र बिडेनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन्।
बाइडेनले कोरोना भाइरस विरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गरेका छन्। सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उनले यस्तो बताएका हुन्।
उनले भने, ‘मैले वैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिनँ।’ उनले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै वैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गरे। रासस/एपी

प्रतिक्रिया