कारोबार


शाओमीद्वारा आकर्षक मूल्यसहित नेपालमा दुई उत्पादन सार्वजनिक

शाओमीद्वारा आकर्षक मूल्यसहित नेपालमा दुई उत्पादन सार्वजनिक

नेपालखबर
असोज २, २०७७ शुक्रबार १०:१३,

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैँ उत्सवको लाभ लिँर्दैै दुईवटा नयाँ उत्पादन-मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ। यो सँगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ। कम्पनीले आज यी दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको छ।

मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करण
मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। यसमा ४के १०-बिट एचडीआर डिस्प्ले सुविधा छ जसलाई शाओमीको इन-हाउस इमेज प्रोसेसिंग अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ। एक वास्तविक इमर्सिभ अडियो भिजुअल अनुभव सक्षम गर्दै २०वाट्ट स्पिकर डल्वी अडियो र डीटीएस एचडीको लागि प्रमाणित छन्।

मी टिभी ४एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट-इनमा आउँदछ।

Mi_TV_4X_55_2020_Edition.jpg

मी एलईडी टिभी ४ए प्रो (४३)
यो नयाँ मी एलईडी टिभी ४ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ। यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाट्टको स्टेरियो सेटअप छ जसले डीटीएस-एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठुलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी दुईवटा आकर्षक टिभीहरु सार्वजनिक गर्दै नेपालको हाम्रो उत्पादन पोर्टफोलियोमा एक नयाँ श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुशी छौं। हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भुत अनुभव प्रदान गर्ने आशा राख्दछौं। मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्दछ र सबैको दर्शनका लागि हाम्रो नविनतामा अडिक रहन्छ। यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौं।’

उपलब्धता
मी टिभी ४एक्स (५५) २०२० संस्करण रु.६४ हजार ९९९ मा उपलब्ध हुनेछ भने मी एलईडी टिभी ४ए प्रो (४३) रु.३९ हजार ९९९ मा उपलब्ध हुनेछ।

दुवै टिभीहरुका लागि सेप्टेम्बर १९ (असोज ३ गते) बाट प्रि—बुकिङ शुरु हुन्छ र मी एलईडी टिभी ४ए प्रो (४३) सेप्टेम्बर २५ (असोज ९ गते) र मी टिभी ४एक्स (५५) २०२० संस्करण ३० सेप्टेम्बर (असोज १४ गते) बाट अफलाइनमा उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad