प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्।
बिहानै ट्विटरमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले उनको जन्मदिनका उपलक्ष्यमा सुस्वास्थ्य र सुखकाे शुभकामना दिएका हुन्।
साथै सो अवसरमा ओलीले मिलेर दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउन अपिलसमेत गरेका छन्।
‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, यहाँकाे जन्मदिनका अवसरमा न्यानाे अभिवादन। यहाँको सुस्वास्थ्य एवं सुखका लागि कामना गर्छु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न हामी निरन्तर मिलेर काम गर्ने छौं।’
— K P Sharma Oli (@kpsharmaoli) September 17, 2020Warm greetings to Prime Minister Shri @narendramodi ji on the auspicious occasion of your birthday. I wish you good health and happiness.
We will continue working closely together to further strengthen relations between our two countries.
प्रतिक्रिया