ad ad

समाज


कालिकोटमा अब कोही छैनन् कोरोना संक्रमित

कालिकोटमा अब कोही छैनन् कोरोना संक्रमित

नेपालखबर
असोज १, २०७७ बिहिबार ३:३४,

कालिकोटका कोरोना संक्रमित सबै निको भएका छन्।

बुधबार तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना निको भएर घर गएसँगै कालिकाेट कोरोना बिरामीमुक्त भएका हुन्।

कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए।

कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट र २ हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए।

जिल्लाका ९ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेक सबैमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए।

कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ। कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .