ad ad

राजनीति


राणा र लोहनीलाई थापाको आग्रह : पार्टीभित्रको मतभेदलाई सार्वजनिक बहसको विषय नबनाऔँ

राणा र लोहनीलाई थापाको आग्रह : पार्टीभित्रको मतभेदलाई सार्वजनिक बहसको विषय नबनाऔँ

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ७:४९,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीभित्रको मतभेदलाई सार्वजनिक बहसको विषय नबनाउन आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई मेन्सन गर्दै पार्टीमा चित्त नबुझेका कुरा सहमतिबाटै टुंग्याउन सकिने बताएका हुन्।

धर्म संस्कृतिविरुद्धको आक्रमण र सर्वसत्तावादलाई परास्त गर्न देशले बैकल्पिक विचार भएको शक्ति खोजेको र त्यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको उनको भनाइ छ।

‘धर्म, संस्कृतिविरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ’ अध्यष थापाले सामाजिक सञ्जाल ट्विटरमा राणा र लोहनीलाई मेन्सन गर्दै लेखेका छन्, ‘यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो। मतभेद र चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ, सार्वजनिक बहसको विषय नबनाऔॅ।’

यसअघि विहान अर्को ट्विटमा अध्यक्ष थापाले अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले एक टेलिभिजनमा दिएको अन्तवार्तामा एकताबारे भ्रम फैलाउने प्रयास गरेको आरोप लगाएका थिए। उनले उक्त अन्तर्वार्ता एकताको भावना विपरीत भएको आरोप समेत लगाएका छन्।

‘डा. प्रकाशचन्द्र लोहनीले एक टीभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकताबारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नुभएको छ, त्यो पार्टी एकताको भावनाविपरीत छ‌। एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ’, थापाले ट्विटमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .