ad ad

समाज


‘कोरोनाका कारण खाना नपाएको वा अन्य अप्ठेरोमा भए लायन्स क्लबलाई सम्पर्क गर्नुहोस्’

‘कोरोनाका कारण खाना नपाएको वा अन्य अप्ठेरोमा भए लायन्स क्लबलाई सम्पर्क गर्नुहोस्’

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ८:६,

लायन्स क्बल अन्तर्राष्ट्रिय ए टु ले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरुका लागि भक्तपुरको बालकोटमा राहत वितरण गरेको छ।

करिब ७० परिवारलाई सोमबार विहान राहत वितरण गरिएको हो। सो राहतमा चामल, दाल, नुन, चिनी, खानेतेल, न्यूट्रेला र हात धुने साबुन लगायतका सामग्री वितरण गरिएको सो अभियानमा संलग्नहरुले जनाएका छन्।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका डिस्ट्रिक्ट गभर्नर डा. सुशिला मल्लले खान नपाएर कोही मर्न नपरोस् भनी सो अभियान चलाइएको बताइन्। उनले कसैको चुलो बलेन भने लायन्स उनीहरुको चुलो बाल्न तयार रहेको बताइन्।

साथै डा. मल्लले समाजमा अप्ठेरो अवस्थामा रहेका कोही भए लायन्सको सम्पर्कमा आउन आग्रह पनि गरिन्। ‘धेरै नसके पनि केही छाक टार्नका लागि लायन्स तयार छ,’ उनले भनिन्।

LionsClub Bhaktapur 1

कार्यक्रममा चिफ एरिया को–अर्डिनेटर गोपाल पौड्यालले लायन्सले बिभिन्न स्थानमा यस्तो कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै अप्ठेरोमा परेकाको सहयोगका लागि लायन्स सधैं तयार रहेको बताए।

उनले भने, ‘यो ठूलो सहयोग होइन तर यो विपदमा यहाँहरुलाई केही न केही राहत होला भन्ने आशा गरेका छौं। कोही विपदमा भए अझै पनि सहयोग गर्न हामी तयार छौं।’

स्थानीय पूर्वेली टोल समितिका सचिव यज्ञराज घिमिरेले लायन्सको कार्यको प्रसंशा गर्दै आफ्नो टोलमा आएर विपन्न वर्गलाई सहयोग गरेकामा क्लबप्रति आभार प्रकट गरे। उनले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्न टोल समिति तयार रहेको बताए।

लायन्स क्बल अन्तराष्ट्रिय ए टु ले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरुका लागि कार्यक्रम संचालन गरेको छ। यो कार्यक्रम अन्तर्गत ‘फुड बैंक’ को स्थापना गरी करिब पाँच हजार परिवारलाई राहत उपलब्ध गराउने योजना रहेको जनाइएको छ।

छ वटा क्लस्टर अन्तर्गत अलग अलग स्थानमा यो कार्यक्रम भइरहेको छ। यहि कार्यक्रम अन्तर्गत सोमबार बालकोटमा पनि राहत वितरणको कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .